Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एसियन कप फुटबल छनोटःनेपाल यमनसँग पराजित

Loading

काठमाडौ,चैत ।
कतारमा मंगलबार राति सम्पन्न एसियन कप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ। दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो। यस हारसँगै नेपालको एसियन कप छनोटको यात्रा समाप्त भएको छ।
यमनले खेलको ३४औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। नेपालका नवयुग श्रेष्ठले पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।  खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो। नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टी पाएको थियो।
जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपका लागि छनोट भएको छ। समूहको शिर्ष स्थानमा रहँदै फिलिपिन्स पनि एसिया कपका लागि छानिएको छ। समूह एफअन्तर्गत नेपालसँगै ताजिकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगितामा ६ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने २ खेलमा मात्र बराबरी खेलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed