Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेस बैठकमा देउवासंगै पौडेल पनि निशानामा, ‘टिकट बेचबिखन’ को मुद्दा चर्कियो

Loading

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवासंगै वरिष्ठ नेता पनि आलोचनाको शिकार भएका छन । केन्द्रीय सदस्यहरुले निर्वाचनमा पराजय हुनुको समीक्षा गर्दै सभापति देउवासंगै वरिष्ठ नेता पौडेल र संसदीय बोर्र्डका सबै सदस्यहरु बराबर दोषी रहेको आरोप लगाएका हुन ।

मंगलबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट ‘बेचबिखन’ भएको मुद्दा पनि चर्को रुपमा उठाए । उनीहरुले निर्वाचनको समयमा पैसाको चलखेल गरेर उमेदवार बनाइएको दाबी गर्दै न्यायिक समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य धनराज गुरुङ र डा. रामशरण महतले समिति गठन गरेर टिकट वितरणमा भएको अनियमितता छानविन गर्नुपर्ने माग गरेका हुन् । यस्तै, केन्द्रीय सदस्य बलबहादुर केसीले पनि आर्थिक लेनदेनको आधारमा टिकट वितरण गरिएको आरोप लगाए ।

बैठकमा नेता गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आक्रामक देखिएका थिए । “वरिष्ठ नेताज्यू सुन्नुस, तपाईँले पनि दोहोरो भूमिका नदेखाउनुस,” उनले बैठकमा भने, ‘‘संसदीय समितिमा बसेर टिकट वितरण गर्ने, अहिले चुनाव हारियो भन्ने ?”

निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलसँगै पदाधिकारीहरुले लिनुपर्ने उनको भनाई थियो । गुरुङले वरिष्ठ नेता पौडेललाई व्यक्तिगत स्वार्थको पक्षमा नभएर पार्टीको हितमा बोल्न पनि सुझाव दिए ।

मंगलबार बद्री पाण्डेय, डा. मिनेन्द्र रिजाल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पनि आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed