Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ब्राजिलसंग विश्वविजेता जर्मन पराजितःब्राजिलले लियो हारको बदला

Loading

एजेन्सी,चैत ।
मैत्रीपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १–० ले पराजित गरेको छ । ब्राजिलले चार वर्षअघि विश्वकप फुटबलमा जर्मनीसँग हारको बदला मात्र लिएन, जर्मनीको पछिल्लो अपराजित यात्रामा पनि पूर्णबिराम लगाइदियो ।
ब्राजिलको जितमा ३७ औं मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जिससले गोल गर्ने अर्को एक मौका भने खेर फाले । पछिल्ला २३ खेलमा जर्मनी हारेको थिएन । सन् २०१६ को युरोकपमा भने फ्रान्ससँग २–० ले हारेको थियो ।
चार वर्षअघि विश्वकप फुटबलमा ब्राजिललाई जर्मनीले ७–१ ले हराएको थियो । त्यसयता ब्राजिल र जर्मनीबीच खेल भएको थिएन ।
मंगलबार राति बर्लिनमा भएको मैत्रीपूर्ण खेलमा घरेलु मैदानमै जर्मनी ब्राजिलसँग हार्‍यो । विश्वकपको साविक विजेता जर्मनीलाई हराएर ब्राजिलले रुसमा हुन लागेको आगामी विश्वकपका उपाधि दाबीलाई प्रस्तुत समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed