Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएलको ११औं संस्करणमा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन्। विश्व क्रिकेटरहरूका लागि सर्वा्धिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने आइपिएलमा लामिछाने दिल्ली डेयरडेभिल्सबाट खेल्न लागेका हुन्।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन्। दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएको अवसरलाई सदुपयोग गर्न सक्दो प्रयास गर्ने बताए । यसअघि सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेललनमा बोल्दै लामिछानेले आफ्नो लागि आइपिएलमा खेल्नु ठूलो अवसर भएको बातएका थिए।

‘मैले अवसर पाएको छु । मैले राम्रो गर्न सकेँ र मेरो टिम दिल्लीले राम्रो र्गयो भने म भन्दा धेरै योग्य दाइहरू हुनुहुन्छ। उहाँहरूका लागि बाटो खुल्छ।’

गत माघको दोस्रो साता भएको आइपीएलको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed