Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौं । प्रदेश नम्बर–२ को प्रदेश सरकारले लगानीमैत्री प्रदेश बनाउने प्रतिबद्धतासहितको १०० दिने कार्ययोजना सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार मुख्यमन्त्रीको कार्यालय जनकपुरमा पत्रकार सम्मेलन गरी समृद्ध प्रदेश बनाउन सरकारको १०० दिने योजना सार्वजनिक गरेका हुन् ।

जसअन्तर्गत् प्रदेशलाई लगानीमैत्री प्रदेशकारूपमा विकास गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना, ८ जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गरी लगानीकर्तालाई सहज तरिकाले जग्गा उपलब्ध गराउने उल्लेख छ ।

त्यसैगरी, आर्थिक क्षेत्रमा बन्द, हडताल, निषेध, अन्न उत्पादन, तरकारीखेती, माछापालन र फलफूलखेतीलाई प्रोत्साहित गर्दै हरित प्रदेशकारुपमा विकास गर्ने योजना समेटिएका छन् ।

सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने कानुनको निर्माण, खरिद प्रणाली तथा भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्रीको मातहतमा एक छुट्टै अनुगमन निकाय स्थापना गरिने कार्ययोजनामा उल्लेख छ ।

सामाजिक क्षेत्रअन्तर्गत् ‘छोरी बचाऊ–छोरी पढाऊ’ अभियान सन्चालन, दाइजो उन्मूलन, बालविवाह, बोक्सी तथा छुवाछुत निर्मूल गर्ने कानुन निर्माण, डोम, चमार, दुसाध र मुसहर शिक्षा योजना कार्यान्वयनमा जोड दिइएको छ ।

त्यसैगरी, महिला सुरक्षा डेस्क स्थापना, धार्मिक, पर्यटकीयस्थलको व्यवस्थापन र प्रवद्र्धन, मुख्यमन्त्री सडक योजना कार्यान्वयन गरिनेलगायतका विषय कार्ययोजनामा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.