![]()
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको छ । रुसमाथि बिजय पाउन ब्राजिलले ब्राजिलले १३ मिनेटभित्र तीन गोल गरेको थियो ।
खेलको पहिलो हाफमा ब्राजिल हाबी भएपनि गोल हुन सकेको थिएन तर, ५३ औं मिनेटमा मिरान्डाले गोल गरे । खेलको ६२ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरे भने चार मिनेटपछि ब्राजिलका लागि पाउलिन्होले गोल गरे ।
ब्राजिलको अर्को मैत्रिपूर्ण खेल जर्मनीसँग छ ।


