![]()
एजेन्सी । क्रिष्टियानो रोनाल्डोले इन्जुरी टाइममा दुई गोल गरेपछि इजिप्ट पोर्चुगलसँग पराजित भएको छ । मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले इजिप्टसँग पराजय भोग्नु परेको हो ।
खेलमा अग्रता भने इजिप्टले सलाहको गोलबाटै लिएको थियो । ५६ औं मिनेटमा सलाहले गोल गरेका हुन् । तर, इन्जुरी टाइमको दोस्रो मिनेटमा रोनाल्डोले बराबरी गोल गरे भने दुई मिनेटपछि अर्को गोल गर्दै टिमलाई जिताए ।


