Breaking News.... EverestOnlineKhabar
June 4, 2026

दुई विश्व च्याम्पियन जर्मनी र स्पेनबीच १–१ गोलको बराबरी

Loading

एजेन्सी । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् ।
२०१० को विश्व च्याम्पियन स्पेनले खेलको छैटौं मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि आन्द्रे इनिस्टाको पासमा रोड्रिगोले गोल गरेका थिए ।

तर २०१४ को विश्व च्याम्पियन जर्मनीले ३५ औं मिनेटमा बराबरी गोल फर्कायो । उसका थोमस मुलरले गोल गरे ।

दुवै टिमले युरो २०१६ पछि कुनै पनि खेल हारेका छैनन् । जर्मनी २३ खेलको अपराजित रेकर्डबाट खेल खेल टाढा छ भने स्पेनले पनि पछिल्ला १७ खेल हारेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed