![]()
बीबीसी । नाइजेरियामा पूर्वोत्तर नगर दाप्चीबाट गत महिना विद्रोहीहरूको अपहरणमा परेका अधिकांश छात्राहरू फर्किएको त्यहाँको सरकारले बताएको छ।
नाइजेरियाको सूचना मन्त्रालयका अनुसार अपहृत ११० मध्ये ७६ जनालाई बुधवार पू्र्वाह्णमा फिर्ता ल्याइएको हो। उनीहरूलाई छुटाउन अनौपचारिक प्रयासहरू गरिएका थिए।
कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको थियो, विज्ञप्तिमा भनिएको छ। तर उक्त विज्ञप्तिमा केही छात्राहरूको मृत्यु भएको विवरणहरूबारे केही उल्लेख गरिएको छैन।
सूचना तथा संस्कृति मन्त्री अल्हाजी लाइ मोहम्मदका अनुसार ती छात्राहरूलाई ’देशका केही साथीहरूको सहयोगमा’ ’विनाशर्त मुक्त’ गरिएको हो।
बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाए
एक जना अभिभावक कुन्डिली बुकारले भने – बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाए। त्यसपछि उनीहरू तत्कालै फर्किए। उनका अनुसार बालिकाहरू जीर्ण र थकित देखिन्थे। तर तिनमध्ये केही आफू मुक्त भएपछि दौडेर घरतिर गएका थिए।


