![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुने गरी काम गर्न सातवटै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सबै मुख्यमन्त्रीसंग छलफल गर्दै उहाँले समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गर्नुभयो । दीगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै उहाँले १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्री ओलीले दिर्नेशन दिएका छन् ।


