Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रचण्डको गिरिजा प्रेम : ‘गिरिजाप्रसादको नाम जोडिएका सबै कार्यक्रममा पुग्छु ’ 

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला जिवितहुँदा धोका मात्र दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोइरालाको निधनपछि भने उहाँका ‘डाइहर्ट फ्यान’ भएका छन ।

आतंककारीको बिल्ला लागेको माओवादीलाई १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता हुँदै संसदमा ल्याई शान्ति प्रक्रियाको मुल प्रवाहमा जोडेका कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसादले आफनो पार्टी चुनावमा हारे पनि संविधानसभाको चुनाव गराएका थिए । ०६४ सालको संविधानसभा चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बनेको थियो ।

माओवादी केन्द्रसंग सम्झौता गर्दै कोइरालाकै नेतृत्वमा राजतन्त्र समाप्त भएको थियो । तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइरालाले मुलुकको प्रथम राष्ट्रपति हुने इच्छा राखेका थिए । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजालाई नराम्रोसंग धोका दिए । युद्ध र कब्जाको मनस्थितिबाट अघि बढेका दाहालले अहिले त्यो कुराको पश्चाताप गरिरहेका छन ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रचण्डले हरेक राजनीतिक भाषणामा गिरिजाको नाम लिने गरेका छन । गिरिजाप्रसादप्रति अथाह सम्मान गर्दै बिगतमा आफूले गल्ती गरेको पछुतोसमेत उनको भाषणमा भेटने गरिन्छ ।

चैत ७ गते गिरिजाप्रसाद कोइरालाको ८औं स्मृतिमा आयोजित एक कार्यक्रममा पनि प्रचण्डले गिरिजाप्रसादप्रति अथाह सम्मान प्रकट गरे । उनले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताए ।

अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा आपूmलाई बोलाउन आग्रह गरे । ‘‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ’’, उनले भने, ‘‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनुहोला ।’’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा निषेध भएको उल्लेख गर्दै तर शान्तिप्रक्रियामा ल्याउँदा भने हामीबीचको सम्बन्ध राम्रो भएको बताए । मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पुयाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed