Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कार्तिकले चमात्कार गरेपछि टी २० त्रिकोणात्मक श्रृंखला भारतलाई (भिडियोसहित)

Loading

एजेन्सी । १ बलमा ५ रन बनाउनु छ । जित्नका लागि छक्का हान्न जरुरी । भारतीय ब्याटसम्यान दिनेश कार्तिक क्रिजमा । बल फाल्न तयार बंगलादेशका सौम्य ।

अचम्म एकपछि अर्को गर्दै छक्का र चौका मात्र हानिरहेका कार्तिकले अन्तिम बलमा पनि छक्का हाने । सम्पूर्ण भारतीय टिम मात्र होइन संसारभर छरिएका भारतीय फ्यान खुशीले गुञ्जिए ।

यो दृश्य श्रीलंकाको कोलम्बोको हो । फाइनलमा दिनेश कार्तिकले ८ बलमा २९ रन बनाएपछि भारतले बंगलादेशलाई ४ विकेटले हराउँदै सिरिज आफ्नो बनाएको हो।

बंगलादेशले दिएको १६८ रनको लक्ष्य भारतले अन्तिम बलमा छक्का प्रहार गर्दै भेट्टाएको हो। अन्तिम २ ओभरमा भारतलाई जितका लागि ३४ रन आवश्यक रहेको अवस्थामा स्ट्राइकमा रहेको कार्तिकले १९औं ओभरमा २२ रन प्रहार गरे । उनले २ चौका र २ छक्कासहित २२ रन बनाएका हुन्।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन आवश्यक थियो। बंगलादेशका सौम्य सरकारले पहिलो बल वाइड फाले। दोस्रो बल डट फालेका उनले तेस्रो बलमा एक रन दिए। चौथो बलमा सरकारले चौका दिएपछि बंगलादेश दबाबमा देखियो । बाँकी २ बलमा ६ रन आवश्यक रहेको बेला पाँचौ बलमा भारतले विकेट गुमायो। अब अन्तिम बलमा जितका लागि भारतलाई ६ रन आवश्यक थियो। अन्तिम बलमा लामो छक्का प्रहार गर्दै कार्तिकले भारतलाई जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। उसका लागि शब्बीर रहमानले ७७ रन बनाएका थिए। भारतका लागि युजवेन्द्र चहलले ३ विकेट लिएका थिए।

१६७ रनको लक्ष्य लिएर मैदानमा आएको भारतका लागि कप्तान रोहित शर्माले ५६ रनको पारी खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed