Breaking News.... EverestOnlineKhabar
October 17, 2026

Loading

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताको मानो खाएर मुलुक र जनतामाथि नै ठगी गर्ने कुनैपनि कर्मचारीलाई नछाडने चेतावनी दिएका छन ।

काठमाडौं तिनकुनेमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले देशको जागिर खाएर विदामा बस्ने, विदामै बसेर बिदेशको जागिर खाने कर्मचारी आफनो आक्रमणमा पर्ने जानकारी दिए ।

कार्यक्रममा मन्त्री पण्डितले भने, ‘ म स्वास्थ्यबाट हिजैमात्र सामान्यमा आएँ। आउनसाथ एउटा पत्र पाएँ। जुन एकजना कर्मचारीको रहेछ। विदामा बसेर ती कर्मचारी विदेशमा जागिर खाने रहेछ । को रहेछ भनी सोधेको नेताकै नजिकका मान्छे रहेछन्।’

पण्डितले ती कर्मचारीको परिचय भने खुलाएनन्। त्यस्ता कर्मचारीलाई नछाड्ने चेतावनी दिँदै उनले भने, ‘सूचना दिनेलाई मैले भने ठीकै सूचना दिनुभयो। अब त्यस्तै मान्छेलाई ट्याम्का हान्ने पालो आएको छ। म ट्याम्का हान्न तयारी भएर आएको छु।’

मन्त्री पण्डितले जसले समाजलाई ठग्छ, देशलाई ठग्छ उसले आफैलाई ठग्ने बताउँदै त्यस्ता ठगहरुलाई कही पनि नछाड्ने प्रतिवद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.