Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काश्की । प्रहरीले सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्ला निस्दि गाउँपालिका–७, ज्यामिरे बस्ने २६ वर्षिय यामबहादुर मगर, धादिङ नेत्रवति गाउँपालिका–१ बस्ने २८ वर्षिय ठाकुर गुरुङ, खनियाबास गाउँपालिका–५ बस्ने २६ वर्षिय टेकबहादुर तामाङ र २४ वर्षिय जेनिस तामाङ, नेत्रवति गाउँपालिका–१ बस्ने २८ वर्षिया गणेश गुरुङ र १९ वर्षिय मनोज तामाङ, महोत्तरी, जलेश्वर नगरपालिका–६ बस्ने २४ वर्षीया संगिता मिश्र, महोत्तरी मनर नगरपालिका–९ बस्ने ३५ वर्षीया कामनी तिवारी र ४५ वर्षीय योगेन्द्र तिवारी रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुले इमो, भाइबर, फेसबुक र म्यासेन्जरबाट उपहार र्पयो भन्दै १ करोड ३० लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरुको साथबाट दुई लाख एक हजार रुपैयाँसमेत बरामद भएको छ ।

उनीहरुको गिरोहले कतिजनालाई ठगी गरे भन्ने बारेअनुशन्धान भइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed