Breaking News.... EverestOnlineKhabar
June 4, 2026

रेशम चौधरीको अभियोग प्रमाणित भएको छैन, शपथ दिलाउने तयारी पनि छैन : कानून मन्त्री

Loading

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीमाथि टीकापुर घटनामा लगाइएको आरोप प्रमाणित नभएको बताएका छन ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले अभियोग प्रमाणित नभएसम्म चौधरी आरोपी मात्र भएको बताए । उनले चौधरीमाथि सम्बन्धित निकायले छानबिन गरिरहेको समेत स्पष्ट पारे । अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने उनको प्रष्टोक्ति थियो ।

“सांसद हुँदैमा कानुन नलाग्ने भन्ने हुँदैन । उनको अभियोगउपर छानबिन भइरहेको छ । शपथबारे पनि कुनै निर्णय भइसकेको छैन,” मन्त्री तामाङले भने । ०७१ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो । चौधरी त्यही घटनाका मुख्य योजनाकारको आरोपमा पूर्पक्षका लागि थुनामा छन् ।

सोही आरोपका कारण कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित उनले शपथ खान पाएका छैनन् । उनले निर्वाचन आयोगबाट विजेताको प्रमाणपत्र पनि पाएका छैनन् । उपचारका लागि काठमाडौं ल्याइएका सांसद चौधरी अस्पतालमै अनसन बसेपछि गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनशन तोडाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed