Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,चैत ।
उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका नन्दबहादुर पुनले आज सपथ ग्रहण गर्दैछन्। आज अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपराष्ट्रपति पुनले पद तथा गोपनीयताको सपथ लिने छन् । शनिबार भएको उम्मेदवारी दर्तामा उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए। पराष्ट्रपति पदमा निर्वाचित पुनलाई आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ।
उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो। उपराष्ट्रपतिमा पुनले दोहोरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्‍याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए। सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed