Breaking News.... EverestOnlineKhabar
June 5, 2026

रुसी राष्ट्रपतिमा पुटिन चौथो कार्यकालका लागि निर्वाचित

Loading

मस्को,चैत ।
रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन अत्यधिक मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्ष अर्थात सन् २०२४ सम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् ।
प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्‍यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए ।
राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा पावेल ग्रुदिनिन थिए । उनले १२ प्रतिशत मात्रै मत पाएका छन् ।
यसैगरी केसेनिया सोब्चाक, भ्लादिमिर झिरिनावस्कीले क्रमशः २ र ६ प्रतिशत मत मात्रै पाएका छन् । सोब्चाक रियाली टीभी कार्यक्रमको पूर्व प्रस्तोता हुन् भने झिरिनावस्की भेट्रान नेश्नलिस्ट नेता हुन् ।
प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई भने उम्मेदवारी दिन नै रोक लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed