Breaking News.... EverestOnlineKhabar
June 4, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोकिएको आयात निर्यात आजदेखि सुचारु

Loading

काठमाडौ,चैत ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य आजदेखि सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले आइतबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग भेटवार्ता गरी प्रबन्ध शूल्क तिरेर आयात निर्यात गर्न आफूहरू तयार रहेको बताएको थियो । मन्त्री अधिकारीको आग्रहबमोजिम व्यावसायीले कानुनबमोजिम प्रबन्ध शूल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन् ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष विष्णुमणि खनाललगायतको प्रतिनिमण्डलसँग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाए ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित हवाई कार्गोको प्रबन्ध शूल्क वृद्धि गरिएकामा व्यवसायीले विरोध गर्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले यही चैत १ गतेदेखि लागु हुने गरी प्रबन्ध शूल्क वृद्धि गरेको थियो ।
शूल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दूरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई गम्भीर असर पर्ने व्यवसायीको भनाई रहेको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमयले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed