Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रतिपक्ष दल कांग्रेसको रणनीतिः माओवादी फकाउने, एमाले एक्ल्याउने…..

Loading

काठमाडौ,चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ ।
गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दलबीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरू स्वीकार गर्छन् ।
विभिन्न संवैधानिक पदमा एमालेतर्फका उम्मेदवारलाई कांग्रेसले निर्विरोध हुन दिएको छैन । तर, गठबन्धनकै माओवादीतर्फका उम्मेदवारलाई भने कांग्रेसले निर्विरोध बन्ने अवसर साथै समर्थनसमेत गर्दै आएको छ । गत २६ फागुनमा सम्पन्न सभामुखको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गरेको थियो । तर, एमालेको भागमा परेको उपसभामुखको निर्वाचनमा कांग्रेसले शिवमाया तुम्बाहाङ्फेलाई उम्मेदवार बनाएकोमा कांग्रेसले पार्टीका तर्फबाट पुष्पा भुसाललाई अघि सारेर उपसभामुख निर्विरोध बन्न दिएन ।
महरालाई समर्थन गर्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद् साझा थलो भएकाले सर्वसम्मत बनाउन समर्थन गर्ने जनाएका थिए । तर, कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवारी दिएर निर्वाचन गर्न बाध्य बनायो । वाम गठबन्धनका कारण उपसभामुखमा पनि तुम्बाहाङ्फे विजयी बनिन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेसले एमालेको भागमा परेको उम्मेदवारमा उम्मेदवार उठायो भने माओवादीको भागमा परेको उम्मेदवारीमा निर्विरोध बनाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed