Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा हुँदै

Loading

काठमाडौ,चैत ।
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो ।
उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो ।
निर्वाचन आयोगले पुनविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज गर्न लागिएको जानकारी दिएको छ । अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत भएका थिए । वाम गठबन्धनले पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै उनलाई उम्मेदवार बनाएका थिए । राष्ट्रपतिमा भने यसअघि नै विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed