Breaking News.... EverestOnlineKhabar
June 5, 2026

घोडाघोडी मेयर आक्रमण प्रकरण : बिप्लव समूहको कैलाली बन्द, जनजीवन कष्टकर

Loading

कैलाली । विप्लव नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले गरेको कैलाली बन्दका कारण शनिवार कैलालीको जनजीवन पूर्ण प्रभावित भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनालाई लिएर पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको बिरोधमा बिप्लव माओवादीले जिल्ला बन्द गरेको हो ।

बन्दका कारण्ष जिल्लामा उद्योग, व्यवसाय, यातायात क्षेत्र ठप्प भएका छन । नगरप्रमुख चौधरीमाथि खुकुरी र गोली प्रहार गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उक्त पार्टीका कमल क्षेत्री, भरतबहादुर शाह, पूर्णप्रसाद खनाल र हृदयराज बोगटीलाई पक्राउ गरी तीन दिनअघि सार्वजनिक गरेको थियो ।

घटनामा घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौँंमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed