Breaking News.... EverestOnlineKhabar
June 5, 2026

उपराष्ट्रपतिमा नन्दबहादुर पुनः दोहरिने निश्चित, कांग्रेसले उम्मेदवारी दिएन

Loading

काठमाडौं । बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध भएका हुन । यसको औपचारिक घोषणा भने आइतबार हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पूरा भएपछि निर्विरोध भएको घोषणा गरिने छ ।

शनिवार आफनो उम्मेदवारी दर्ता गर्दै पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए । अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताए ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा थिए । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम रहेका थिए ।

नेपाली कांग्रेसले भने उपराष्ट्रपतिमा उम्मेदवारी दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed