Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नेपालको ओपनिङ जोडीको फ्लप शो जारी, ज्ञानेन्द्र १ र अनिल ९ रनमा आउट

Loading

काठमाडौ । नेपाली क्रिकेट टोलीको ओपनिङ जोडी फेरि एकपटक फ्लप भएको छ । जिम्बाबेमा बिश्वकप छनोटको लिग चरणमा शतप्रतिशत बिफल भएको ओपनिङ जोडी प्लेअफको खेलमा पनि असफल रह्यो ।

नेपालको ओपनिङ ब्याट्सम्यानका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल साह दुवैले नेपाली फ्यानहरुलाई फेरि एकपटक निराश बनाए । लिगका खेलमा पूरै असफल ज्ञानेन्द्रले पपुवा न्यु गिनीबिरुद्धको खेलमा जम्मा १ रन बनाए । ३ बल मात्र सामना गरेका उनी मात्र ८ मिनेट क्रिजमा टिके ।

अर्का ओपनर अनिल ९ रनमा आउट भए । उनले ११ बलको सामना गर्दै एक चौका प्रहार गरेका थिए । उनी मात्र १२ मिनेट क्रिजमा टिके ।
लगातार ओपनिङ जोडि असफल हुँदा पनि यसको विकल्प वा खेल रणनीतिबारे कप्तान पारश खडकाले भने कुनै परिवर्तन गरेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed