![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । मंगलबार भएको निर्वाचनमा कांग्रेसकातर्फबाट उम्मेदवार बन्नु भएकी कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी निर्वाचित हुनु भएको हो ।
भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभयो । राईले ११ हजार ७३० मतभार प्राप्त गर्नूभयो । भण्डारीले राष्ट्रपतिहुँदा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै कांग्रेसले आफनो उम्मेदवार खडा गरेको हो ।


