![]()
काठमाडौ,फागुन ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
आज अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ ।
भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।


