Breaking News.... EverestOnlineKhabar
June 5, 2026

उत्तर कोरियामा सिंगापुरको कम्पनीले सामान निर्यात गरेको बारे अनुसन्धान हुँदै

Loading

एजेन्सी,फागुन ।
उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ । संयुक्त राष्ट्रसंघमा चुहिएको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । यससम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ र यो यसै हप्ताभित्र प्रकाशित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो कार्य एसियाबाट विस्तार भएको हुन सक्ने आशंका जन्माउने बताइएको छ ।
सिंगापुर सरकारले घटनाबारे सचेत रहेको भन्दै अनुसन्धान शुरु गरेको छ । राष्ट्रसंघ र सिंगापुर दुबैले उत्तर कोरियामाथि सामान बिक्रीमा प्रतिबन्ध लगाएका छन् । प्योङयाङले लगातार आणविक कार्यक्रम अगाडि बढाइरहेपछि दुई वर्ष यता अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed