Breaking News.... EverestOnlineKhabar
June 5, 2026

तालिबानद्वारा तीन बालबालिका र दुई महिलासहित सातको हत्या

Loading

एजेन्सी,फागुन ।
अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् ।अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ ।
नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारीअनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित सात जनाको हत्या गरेका हुन् । त्यस घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन । के कति कारणले उनीहरुले यसरी राति घरमा हमला गरेर ती सर्वसाधारणको हत्या गरेका हुन् भन्ने बारेमा पनि केही नखुलेको अधिकारीहरुले जनाएका छन् ।
उता प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको हेलमान्ड प्रान्तमा अफगान सुरक्षा निकायहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि १५ जना तालिबान लडाकू मारिएका छन् ।
त्यस कारबाहीका क्रममा अरु १२ जना घाइते भएका अफगानिस्तानको रक्षामन्त्रालयले सोमबार जारी गरेको एक वक्तव्यमा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed