Breaking News.... EverestOnlineKhabar
June 5, 2026

इंग्लिस प्रिमियर लिगःम्यानचेस्टर सिटीले उपाधिका लागि २ खेल मात्रै जिते पुग्ने

Loading

एजेन्सी,फागुन ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेष्टर सिटी विजयी भएको छ । डेविड सिल्भाले दुई गोल गरेपछि सिटीले स्टोकलाई २–० ले हरायो । स्टोक सिटीको मैदानमा भएको खेलमा जित हात पार्दै म्यान्चेष्टर सिटीले लिग तालिकामा १६ अंकको अग्रता लिएको छ ।
१० औं मिनेटमा रहिम स्टर्लिङको पासमा गोल गर्दै सिल्भाले सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । ५० औं मिनेटमा ग्याब्रियल जेससको पासमा सिल्भाले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए । यो जितसँगै सिटी उपाधि नजिक पुगेको छ । सिटीले ३० खेलबाट ८१ अंक बनाएको छ । दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडको समान खेलमा ६५ अंक छ ।
प्रिमियर लिगमा अब सिटीले एभर्टनसँग खेल्नेछ । त्यसपछि डिर्बी म्याचमा युनाइटेडविरुद्ध खेल्नेछ । एभर्टनलाई जितेको खण्डमा सिटीले डर्बी म्याचमा नै उपाधि जित्ने मौका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed