![]()
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टका घाइतेहरुलाई उपचारका लागि नजिकैको केएमसी अस्पताल र थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको छ ।
दुर्घटना लगत्तै भएको आगलागी नियन्त्रणमा लिएपछि उनीहरुको उद्दार गरिएको थियो । अस्पतालमा २५ जनालाई उपचारका लागि भर्ना गरिएको बुझिएको छ । थुप्रैको ज्यान गएको आशंका गरिएपनि संख्या तोकिएको छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार थिए ।
बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।


