![]()
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ लाई आगामी पाँच बर्ष भित्र लोडसेडिङ मुक्त बनाउने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा ला ज्यालो वाङ थोप गुम्बाले मुख्यमन्त्री राईको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै राईले जलबिद्यूत आयोजनाको विकास र उच्चतम प्रयोग गरी प्रदेश १ लाई लोडसेडिङ मुक्त पारी घर–घरमा उज्यालो पुर्याइने बताउनुभयो ।
मुख्यमन्त्री राईले आफूले आफनो प्रदेशमा जलबिद्यूत मात्र नभइ त्यहाँको संस्कृति, रहनशहन, भेषभुषा, पर्यटन, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा लगायतका क्षेत्रमा पनि गम्भीर ध्यान दिइरहेको जानकारी दिनुभयो । आफनो प्रदेशलाई नमूना प्रदेशकारुपमा विकास गर्नेक्रममा मुलुककै सर्वाङ्गिण विकासमा समेत आफूले योगदान पुर्याउने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री राईले विकासका लागि सबैभन्दा पहिलो आधारभुत आवश्यकता ‘कनेक्टिभिटी’ भएकाले मुलुकलाई सडक, हवाइ र जलको संजालबाट भौगलिकरुपमा जोडिने बताउँदै सुखी नेपाली र समृद्धि नेपालको अभियानमा सफल भएरै छोडने उद्घोष गर्नुभयो ।


