Breaking News.... EverestOnlineKhabar
October 3, 2026

भारतको मुम्बईमा विधानसभाको बाहिर किसानहरुको प्रदर्शन

Loading

बीबीसी । भारतको मुम्बईमा किसानले प्रदर्शन गरेका छन् । ३० हजार भन्दा बढी किसान नासिकबाट हिँडेर मुम्बई पुगेका हुन् ।
मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा प्रदर्शन भएको हो । किसानहरुले सोमबार मुम्बईमा विधानसभाको बाहिर समेत प्रदर्शन गरेका छन ।

सरकारले व्यवसायीको हितमा काम गरेर किसानलाई वेवास्ता गरेको उनीहरुको आरोप छ । महाराष्ट्र सरकार किसानलाई संरक्षण गर्न असफल भएको भन्दै प्रदर्शन सुरु भएको हो ।

सन् २०१४ पछि किसानको अवस्था निकै खराब बन्दै गएको विश्लेषकले बताउएका छन् । सरकारले किसानलाई ऋण माफी दिनु पर्नेमा त्यो नगर्दा आफूहरु समस्या परेको प्रदर्शनमा सहभागी किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed