Breaking News.... EverestOnlineKhabar
June 5, 2026

हङकङलाई बिशाल अन्तरले हराउन सके नेपाल ‘सुपरसिक्समा’

Loading

काठमाडौं । जिम्बावेमा जारी आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले समूह चरणको अन्तिम खेलमा सोमवार हङकङसँग प्रतिष्पर्धा गर्दैछ । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ।

लगातार ३ खेल हारेको नेपाल अंकविहीन छ । नेपाल ५ टोली रहेको समूह बी को सबैभन्दा पुछारमा छ। ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनरेटमा पछि पर्दै चौथो स्थानमा छ।

समूह बी बाट घरेलु टोली जिम्बावे र स्कटल्याण्ड लगातार ३ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्। त्यसैले नेपाल र हङकङबीचको खेल सुपर सिक्समा पुग्ने तेस्रो टोलीको लागि निर्णायक मानिएको छ। यस खेलमा हङकङ विजयी भए ४ अंक जोड्दै समूहमा तेस्रो भएर सुपर सिक्स पुग्नेछ। नेपालले सामान्य अन्तरमा हङकङलाई पराजित गरे तीन वटै टिमको समान २ अंक हुन्छ र यस्तोमा राम्रो रनरेटको आधारमा अफगानिस्तान सुपर सिक्समा पुग्नेछ।

नेपालको हकमा सुपर सिक्स पुग्न ठूलै चमत्कार हुनुपर्छ। नेपालले ठूलो अन्तरमा हङकङलाई पराजित गरे मात्र सुपर सिक्स पुग्नेछ। तर, यो निकै गाह्रो छ। अफगानिस्तानको रनरेट राम्रो छ।

नेपाल सुपर सिक्समा पुग्न असफल भएमा वान डे मान्यता पाउने बाटो अझै कायम रहनेछ तर त्यसका लागि अफगानिस्तान सुपर सिक्समा पुग्नुपर्ने हुन्छ। क्वालिफायरमा सहभागी ६ एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स (डब्लुसिएल जितेका कारण वान डे मान्यता पक्का भइसकेको) बाहेक अन्य तीन ३ उत्कृष्ट टोलीले मात्र वान डे मान्यता पाउने प्रावधान छ। समूह बी बाट यसअघि नै एसोसिएट राष्ट्र स्कटल्याण्डले सुपर सिक्समा स्थान बनाइसकेको छ। अब समूह बी बाट हङकङ सुपर सिक्समा पुग्ने र समूह ए बाट युएई सुपर सिक्समा पुगे भने नेपालले प्लेअफमा जस्तै नतिजा निकाले पनि वान डे मान्यता पाउने छैन।

अर्को समूहबाट नेदरल्याण्ड्स र नेपालको समूहबाट अफगानिस्तान सुपर सिक्समा पुगेमा भने नेपालले प्लेअफको पहिलो खेल जित्नैपर्ने छ वान डे मान्यता पाउन। यस्तो अवस्था आए नेपाल, हङकङ र पपुवा न्यू गिनीमध्ये एक टोलीले मात्र वान डे मान्यता पाउनेछ।
यसका लागि समूह बी जस्तै समूह ए को नतिजामा पनि नेपालले भर पर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed