Breaking News.... EverestOnlineKhabar
June 5, 2026

संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले भन्नुभयो : भ्रष्टाचार गर्दिन, गर्न दिन्न

Loading

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिपक्षीका रुपमा नभएर सरकारको सहयोगीको रुपमा बिकास र समृद्धिको यात्रामा अघि बढ्न आव्हान गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उहाँले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने भन्दै त्यसका लागि सबैलाई मत दिन आग्रह पनि गर्नुभयो ।
‘हामी समृद्धिको बाटोमा अघि जानुपर्छ । हामी अव समृद्धितर्फको यात्रामा अघि बढ्नुपर्छ । यो यात्राको अगुवाई सत्तापक्ष, सरकारल र प्रधानमन्त्री भएकाले मैले गर्न सक्छु । तर यो महाअभियान हो । यो हामी सबैको साझा यात्रा हो’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा सबै एकजुट भएर अघि बढ्नु पर्ने बेलामा सरकारलाई दम्भ देखाउने समय र अलमलिने सुविधा नभएको बताउनु भयो । ‘हामी शान्ति चाहान्छौं । आज हामी सामान्य अवस्थामा छैनौं । पक्ष र प्रतिपक्ष भएर, सरकार हुँ भनेर दम्भ देखाउने समय छैन, अव अलमलिने सुविधा छैन । हामी सवै एकतावद्ध भएर, सहमतिकासाथ अघि बढ्नुपर्छ । प्रतिपक्षी पनि सहयोगी हुनुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो ।

बहुजातिय, बहुभाषिक, बहु सांस्कृतिक, बिभिन्न अवस्था, विश्वास, बिबिधतायूक्त भुगौलमा वस्ने जनताबीच समानतामूलक समाज स्थापना गर्ने उहाँले बताउनु भयो ।  ‘एक अर्काका भावनालाई सम्मान गर्दै सद्भावका साथ अघि बढ्नुपर्छ । म  सबैलाई आग्रह गर्न चाहन्छु’ उहाँले भन्नुभयो । उहाँले जनताको चाहना र माग अनुसार सरकार चल्ने भएकाले सबै सांसदलाई खुला रुपमा सरकारसँग जनताका पक्षमा काम गर्न तयार रहन समेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed