Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पुटिनले भने– ‘अमेरिकासंग कुनैपनि मुद्दामा वार्ता गर्न तयार छु’

Loading

बीबीसी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताएका छन्। उनले भने– ‘हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तयार छौँ र अमेरिकाले पनि हामीलाई त्यस्तै हिसाबको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ।’

राष्ट्रपति पुटिनले अमेरिकी क्षेप्यास्त्रसँग सम्बन्धित विषयवस्तुहरु, साइबर स्पेस वा प्रतिआतंकवाद जस्तोसुकै विषयमा पनि कुराकानी गर्न तयार रहेको बताए। उनले रुसको एनबिसी मिडियासँगको कुराकानीमा सो धारणा सार्वजनिक गरेका हुन । उनको सो अन्तरवार्ता उक्त मिडियाले शनिबार प्रकाशन गरेको हो ।

उनले अन्तरवार्तामा रुस र अमेरिकाले समस्या वा मुद्दा के छन् भन्ने बारेमा बसेर छलफल गर्नुपर्ने भन्दै यसलाई सार्वजनिक अभिव्यक्तिका रुपमा आक्रोस व्यक्त गर्नेभन्दा पनि वार्ता राम्रो हो भनेर हेर्नुपर्ने बताएका छन्।

अमेरिका र रुसबीच पछिल्लो समयमा सम्बन्ध चिसिएको छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले वर्तमान राष्ट्रपति ट्रम्पका पक्षमा काम गरेको भन्ने भनाई अमेरिकी मिडियाको रहेको छ। यस कुरालाई डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले पनि अघि सारेकी थिइन । त्यसै विषयमा अमेरिकी मिडियाले पनि राष्ट्रपति ट्रम्पलाई निकै खेदेका थिए।

तर यसलाई राष्ट्रपति ट्रम्पले भने स्वीकार गरेका छैनन्। तर पनि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed