![]()
एजेन्सी । पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स इन्डियन वेल्स मास्टर्सको तेस्रो स्थानमा प्रवेश गरेकी छिन् । आइतबार भएको दोस्रो चरणको खेलमा नेदरल्याण्डसकी किकी बेर्टेन्सलाई पराजित गर्दै सेरेनाले तेस्रो चरणमा पुगेकी हुन ।
आमा बनेको ६ महिनापछि टेनिस कोर्टमा फर्किएकी सेरेनाले बेर्टेन्सलाई सहजै हराईन् । करिब १४ महिनापछि कोर्टमा फर्किएकी सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् ।
त्यसयता सेरेनाले पहिलो पटक बीएनपी परिबास ओपनले चिनिने इन्डियन वेल्स खेलेकी हुन् । गत वर्ष जनवरीमा अष्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेना पहिलोपटक टेनिस कोर्टमा उत्रिएकी हुन् ।
कीर्तिमानी २३ औं पटक ग्राण्डस्लाम टेनिसको उपाधि जितेकी ३६ बर्षीय सेरेनाले अब तेस्रो चरणमा दिदि भेनस विलियम्ससँग खेल्ने छिन् ।


