![]()
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताउनु भएको छ ।
गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले हातमा लिएकाले अब त्यो संजाल तोडिने बताएका हुन । मुलुकमा भ्रष्टको सामाज्य चलेकाले अब त्यसको अन्त्य गरिने उनले बताए ।
मन्त्री थापाले उद्योगी व्यवसायीहरुले ठूलो मात्रामा राजश्व छल्ने गरेकाले त्यसको सूचना दिन पनि सबैलाई आग्रह गरे ।
गृहमन्त्री बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले मुलुकमा विधिको शासन कायम गर्ने भन्दै कुनै पनि गलत क्रियाकलाप र गतिविधिको अन्त्य गर्ने बताए ।


