![]()
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कैलालीमा बोक्सीको आरोपमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उक्त घटनामा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैनभन्दै राधाको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने समेत बताएका छन्। उनले घटनाको अनुसन्धान गर्न पनि आदेश दिइएको उल्लेख गरेका छन्।
उनले ट्वीटमा भनेका छन, ‘कैलालीमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारवाहि गर्न निर्देशन दिइसकिएको छ । यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन । राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नेछ र घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नेछ ।’
कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको थियो। निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।


