![]()
काठमाडौं । विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको हो ।
नेपालको इनिङमा कप्तान पारस खडकाले सर्वाधिक ७४ रन बनाए । उनले आफनो इनिङमा १० चौका र १ छक्का प्रहार गरे ।
नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । तर, कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपालका आश गरिएका अन्य कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन । उपकप्तान ज्ञानेन्द्र मल्ल २३, दिपेन्द्र सिंह ऐरी ३२ र आरिफ शेख २३ रनमा आउट भए । अन्य खेलाडीहरुले दोहोरो अंक पनि छुन सकेनन ।
नेपाललाई नियन्त्रणमा राख्न अफगानिस्तानका मोहम्मद नाबी एक्लैले ४ विकेट लिए ।


