Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नेपाली इनिङ दबाबमा राख्ने को हुन अफगानिस्तानका मोहम्मद नाबी ?

Loading

काठमाडौं । बिश्वकप क्रिकेट छनोट अन्तर्गत अफगानिस्तानबिरुद्धको खेल नेपाललाई जित्नैपर्ने छ । अफगानिस्तानबिरुद्ध नेपालले ठूलै योगफल तयार गर्ने लक्षण देखाएको थियो । यसका लागि नेपाली कप्तान पारश खडका तयार थिए । उनले आक्रामक खेल पस्कदै ७५ रन बनाए । तर, पारस लगायत नेपाली टिमको यात्रामा बाधक देखिए अफगानि बलर मोहम्मद नाबी ।

नाबीले कप्तान पारशलाई ७५ रनमा आउट मात्र गरेनन, उनले रनको गति पनि रोके । पारशसहित अन्य ४ ब्याटसम्यानलाई पनि आउट गरे । नाबीले नेपालका प्रतिभावान ब्याटसम्यान रोहित पौडेललाई १, आरिफ शेखलाई २३ र सोमपाल कामीलाई ९ रनमा आउट गरे । यतिमात्र नभइ उनले करन केसीले छक्का हान्न खोजेको बललाई पनि सुन्दर ढंगल क्याच गरेर नेपालीको खुशीमाथि धावा बोले ।

३३ बर्षीय नाबी अफगानी टिमका अलराउण्ड हुन । उनले राइट ह्याण्ड ब्याटसम्यान हुन भने दायाँ हाते अफ ब्रेक बलर पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed