![]()
उदयपुर । उदयपुरमा १५ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा ६२ बर्षीय एक वृद्ध पक्राउ परेका छन् । बेलका नगरपालिका ३ शुक्रबारे बजारमा १५ बर्षीया किशोरीलाई बलात्कार गर्ने सुनसरी बाराहा नगरपालिका ८ का ६२ वर्षीय सुँडीलाल चौधरी पक्राउ परेका हुन ।
बालिकामाथि जवरजस्ती भएको स्थानीयले प्रहरीलाई खवर गरेपछि चौधरी पक्राउ परेको लगत्तै इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भैरहेको छ ।
धरान–चतारा–ठोक्शीला–गाईघाट–सिन्धुली–हेटौंडा जोड्ने वैकल्पिक लोकमार्गको काम सुरु भएसँगै सञ्चालनमा आएका यस्ता हटिया बजारहरुमा बेलाबेलामा आपराधिक क्रियाकलाप हुने गरेको स्थानीय बताउँछन्।
सडक सञ्जालसँगै सहरका व्यापारी गाउँ पस्ने र गाउँघरका बालबालिका बजार हेर्न झर्दा ललाई फकाई र प्रलोभनमा आपराधिक घटना हुने गरेको पाइएको छ ।


