![]()
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिया खम्बा मानिने उपकप्तान ज्ञानेन्द्र मल्लको खराब फर्म जारी छ । जिम्बाबे भ्रमणमा बिश्वकप छनोट खेलिरहेको नेपाली टोली मल्लका खराब फर्मका कारण चिन्तामा परेको छ ।
लगातार ओपनिङ ब्याट्सम्यानका रुपमा आएपनि मल्लले राम्रो स्कोर बनाउन त परै जाओस लामो समय क्रिजमा पनि टिक्न सकेका छैनन । टिकी हालेपनि धेरै बल खेलेर थोरै रन बनाइ आउट हुने गरेका छन ।
मल्लको खराब फर्म अफगानिस्तानबिरुद्धको खेलमा पनि जारी रह्यो । उनले अफगानिस्तानबिरुद्ध मात्र २३ रन बनाए । यसका लागि उनले ६९ बल खेले । उनले आफनो इनिङमा मात्र २ चौका हाने ।


