![]()
कैलाली । ७ दिनदेखि अनशनरत कैलाली टीकापुर घटनाका मुख्य योजनाकारका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी बेहोस भएका छन । स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार उनलाई सेती अञ्चल अस्पतालमा र्पुयाएर उपचार सुरु गरिएको छ। चौधरीका कार्यकर्ताहरुले उनलाई उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर माग गरिरहेका छन्।
चौधरीलाईसेती अञ्चल अस्पतालमा स्लाइन दिइएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। टिकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी उनी अनशन बसेका हुन ।
एक्कासी बेहोस भएपछि अस्पताल र्पुयाइएका चौधरीको सेती अञ्चल अस्पतालमा चिकित्सकहरुले चेकजाँच गरेका थिए।


