Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बिश्वकप छनोटमा अफगानिस्तानबिरुद्ध पारसको अर्को शानदार इनिङ, बनाए ७५ रन

Loading

काठमाडौं । जिम्बाबेमा जारी बिश्वकप छनोट खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडकाले अर्को शानदार इनिङ खेलेका छन । आफनो टोलीका अन्य ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न नसकिरहेकाबेला कप्तान खडका एक्लैले टिम सम्हाल्ने गरेका छन ।

प्रतियोगिता अन्तर्गत आफनो तेस्रो खेलमा अफगानिस्तानसंग भिडेको नेपालको पारी सुखद रहन सकेन । टिमको कुल स्कोर १३ हुँदा ओपनर अनिलकुमार साह आउट भए । साह आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले एकपछि अर्को गर्दै अफगानि बलरमाथि आक्रमण गरे । उनले १० चौका र १ छक्काको मद्दतले ७५ रन बनाए । आक्रामक ब्याटिङ गरिरहेका खडका छक्का हान्ने सुरमा आउट भए ।

पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । उनले ८२ बलको समाना गरेका थिए । यसअघि उनले स्कटल्याण्डबिरुद्ध हाफ सेन्चुरी बनाएका थिए भने जिम्बाबेबिरुद्ध पनि ४२ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed