Breaking News.... EverestOnlineKhabar
June 5, 2026

मनिषा कोइराला क्यान्सरबाट उन्मुक्ति पाएको बिषयमा किताब लेख्दै

Loading

काठमाडौं । बलिउड तथा कलिउड क्षेत्रकी चर्चित नायिका मनिषा कोइरालाले आफूले क्यान्सरबाट मुक्ति पाएको बिषयमा पुस्तक लेख्ने भएकी छन ।

क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुरु भएको एशियाली क्यान्सर सम्मेलनमा उनले सो कुराको जानकारी गराएकी हुन ।

नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको बताएकी हुन ।
क्यान्सर केयर नेपालले नायिका कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गर्दै सम्मान गरेको छ ।

आयोजक संस्थाका अध्यक्ष डा. मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकोमा उनको प्रशंसा गरे ।

एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ ।

तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफल भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed