![]()
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा फोरम र राजपाले बिश्वासको मत दिने भएका हुन । फोरमले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । राजपाले पनि सरकारमा सहभागि हुन प्रधानमन्त्री ओली र बामगठवन्धनसंग सकारात्मक कुराकानी भैरहेको जनाएको छ ।
संविधान संशोधनमा बामगठवन्धन सकारात्मक भएपछि आफूहरु सरकारमा जान र प्रधानमन्त्री ओलीलाई समर्थन गर्न तयार भएको दुवै पार्टीका नेताहरुले बताएका छन ।


