Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी प्रवक्ताले वासिङ्टनले प्योङयाङको ठोस कदमहरू वा कारबाही नहेर्दासम्म राष्ट्रपति र उत्तर कोरियाली नेता किम जङ अनबीचको वार्ता नहुने बताएकी छन्।

सेराह स्यान्डर्सले उत्तर कोरियालाई परमाणु अस्त्रबाट निशस्त्रीकरण हुने ठाउँमा पुर्याउनुलाई उनकै शब्दमा एउटा ठूलो कदम हुने बताएकी छन्।

बिहीवार दक्षिण कोरियाली दूतले दुई नेताबीचको वार्ता आउँदो मे महिनामा हुने बताएका थिए। तर प्रवक्ता स्यान्डर्सले भने कहाँ र कहिले वार्ता हुने भन्नेबारे अहिलेसम्म निश्चित नभएको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनबाट भेट्को निम्ता आउने बित्तिकै त्यसलाई स्वीकार गर्ने निर्णय गरेका थिए।

उक्त निर्णयले ट्रम्पका कर्मचारी र सल्लाहकारमाझ जटिल विषयसम्बन्धी त्यस्तो उच्च स्तरको बैठक कसरी आयोजना गर्ने भनेर खेलाबैला मच्चिएको थियो।

सञ्चारकर्मीहरूले केही उपलब्धि नै नभइ राष्ट्रपति ट्रम्पले किम अन जङले चाहे जस्तै गरी उनलाई सम्मान र अन्तर्रा्ष्ट्रिय महत्त्व दिएको बारे प्रश्न सोधेका थिए। त्यसको जवाफमा हवाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले विश्वले केही पाउने गरी उत्तर कोरियाले कुनै ठोस कदम नचालेसम्म ट्रम्पले किमलाई नभेट्ने बताइन्। तर उनले भनेका ती कदमहरू के हुन भन्ने स्पष्ट छैन।

विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार भविष्यका वार्ताहरूबारे उक्त भेटमा प्रारम्भिक छलफल हुनेछ। यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले किम जङ अनको निम्तो, प्योङयाङलाई बढ्दो दवाब दिने वासिङ्टनको रणनीतिले काम गरिरहेको प्रमाण भएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed