Breaking News.... EverestOnlineKhabar
June 5, 2026

साउदीमा महिलाले निकाले ऐतिहासिक पदयात्रा

Loading

साउदी,फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साउदी अरबका महिलाले ऐतिहासिक पदयात्रा निकालेका छन् । जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
साउदी अरबमा यति ठूलो संख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् ।
महिलाको स्वास्थ्य, जीवनशैली र वातावरणीय उत्थानका लागि भन्दै जेद्दाह सरकारले पदयात्राको आयोजना गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed