Breaking News.... EverestOnlineKhabar
June 5, 2026

वडा कार्यालयमा बम बिष्फोट

Loading

बर्दिया,फागुन ।
बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ९ को कार्यालय भवनमा अज्ञात समूहले बम विस्फोट गराएको छ । विस्फोटबाट कार्यालय भवनको फलामे ढोकाको दुईवटा सरियामा क्षति भएको र एक फुटजति ढलान फुटेको छ । ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।
गएराति करिब ८ बजे ठूलो आवाजमा बम विस्फोट भएपछि करबि १० मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।विस्फोटस्थल नजिकै टिनका पाताहरु भेटिएको प्रहरी सहायक निरीक्षक जनक बुढाले बताए । विस्फोटबाट मानवीय क्षति नभए पनि विस्फोटपछि स्थानीयहरु त्रसित बनेका छन् । घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed