Breaking News.... EverestOnlineKhabar
June 5, 2026

ट्रम्पले स्वीकारे उत्तर कोरियाका सर्वोच्च नेता किमको निम्तो,मे महिनामा भेटवार्ता हुने

Loading

एजेन्सी,फागुन ।
शत्रुतापूर्ण सम्बन्धबाट गुज्रिरहेका अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा संवाद हुने भएको छ । उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादको ढोका खुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन्ः‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेट्दैछन् ।’ चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् ।
यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो । एक प्रेस वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भनेका छन्ः‘हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed