Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,फागुन ।
संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म गर्न सकिने छ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ ।
सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ । सभामुखको उम्मेदवारी दर्ताको समय नजिकिए पनि दलहरुले अझै आफ्ना उम्मेदवार टुंग्याएका छैनन् ।
प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये सभामुख निर्वाचित हुनका लागि कम्तीमा १३८ मत आवश्यक हुन्छ । संसदमा एमाले–माओवादीको बहुमत रहेकाले वाम गठबन्धनकै उम्मेदवार निर्वाचित हुने लगभग निश्चित जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed